Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई निःशुल्क तालिम प्रदान गर्दै

वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई निःशुल्क तालिम प्रदान गर्दै


  • 3.3K
    Shares

    वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई निःशुल्क तालिम प्रदान गर्दै

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जान चाहने महिलाहरुलाई निःशुल्क तालिम दिने भएको छ । 

    बोर्डले १८ वर्ष पूरा भएका र ३५ वर्ष ननाघेका महिलाहरुलाई आगामी असारको पहिलो सातादेखि गार्मेन्ट मेसिन अपरेटरको निःशुल्क तालिम दिन लागेको बताइएको छ । 

    वैदेशिक रोजगारीमा जाने प्रयोजनको निम्ति नेपाली राहदानी बनाएका वा बनाउन सम्बन्धित निकायमा राजस्व बुझाइसकेका महिलाहरुले तालिमका लागि आवेदन दिन सक्ने बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले बताए । 

    उनका अनुसार पाँच सय जनालाई एक महिने तालिम दिइँदैछ । काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न तालिम केन्द्रमार्फत् तालिम दिन लागिएको हो ।

    यसका लागि बोर्डले तालिम केन्द्रको छनौटसमेत गरिसकेको छ । एक्सन फर डेभलपमेण्ट प्रालि, एलाइन्स फर सोसियल मोबिलाइजेसन प्रालि, सिमेका ह्युमन रिर्सोस एकेडेमी, एफ–स्किल प्रालि, जिनियस मल्टी टेक्निकल इन्स्टिच्युट प्रालिलगायत नौ वटा संस्थाबाट तालिम दिइने जनाइएको छ ।

     

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - १३:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij