Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

भोलि २८ अर्ब  ५० करोड रूपैयाँ ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक

भोलि २८ अर्ब  ५० करोड रूपैयाँ ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक


  • 2.9K
    Shares

    भोलि २८ अर्ब  ५० करोड रूपैयाँ ट्रेजरी बिलको बोलकबोल गर्दै राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण गरिने भएको छ ।

    बैकले आउदो मंगलबारदेखि जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार भोलि दिउँसो ३ बजेदेखि अनलाइन मार्फत बोलकबोल हुने छ । उक्त बोलकबोलमा सर्वसाधारण, सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा संगठित संस्थाहरु सहभागी हुन पाउन्छन् ।

    ट्रेजरी बिलको बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग बिलको बाँडफाँड हुने गर्दछ ।

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १४:२९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij