Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

पशुपतिनाथमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

पशुपतिनाथमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट


  • 6.1K
    Shares

    पशुपतिनाथमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ ।

    वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गर्नुभएको हो ।

    नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । 

    नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । 

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - १०:५९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij