Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

राष्ट्र बैंकको तथ्याङ्क : १० महिनामा मुल्यवृद्धि ७.४१ प्रतिशत, काठमाडौं उपत्यकामा सबैभन्दा बढि महङ्गी 

राष्ट्र बैंकको तथ्याङ्क : १० महिनामा मुल्यवृद्धि ७.४१ प्रतिशत, काठमाडौं उपत्यकामा सबैभन्दा बढि महङ्गी 


  • 1.7K
    Shares

    • images
    राष्ट्र बैंकको तथ्याङ्क : १० महिनामा मुल्यवृद्धि ७.४१ प्रतिशत, काठमाडौं उपत्यकामा सबैभन्दा बढि महङ्गी 
    images

    काठमाडौँ । चालु आर्थिक बर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो । 

    बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । 

    यही अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।

    बैशाख मसान्तसम्ममा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.२७ प्रतिशतले बढेको छ । 

    बैंकले सार्वजनिक गरेको उक्त वित्तिय विवरणअनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । 

    गत आर्थिक बर्षको सोहि अवधिमा यी क्षेत्रहरूमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

    थोक मुद्रास्फीति

    यस्तै, १० महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो। 

    समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ ।

    तलव तथा ज्यालादर सूचकाङ्क 

    वैशाख मसान्तसम्ममा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.६४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.५२ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ६.२९ प्रतिशतले बढेको छ । 

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १३:३५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij