Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

१० महिनामा १० खर्ब रेमिटेन्स भित्रियो, २३ प्रतिशतले वृद्धि

१० महिनामा १० खर्ब रेमिटेन्स भित्रियो, २३ प्रतिशतले वृद्धि


  • 2.0K
    Shares

    • images
    १० महिनामा १० खर्ब रेमिटेन्स भित्रियो, २३ प्रतिशतले वृद्धि
    images

    काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स वृद्धि हुँदै १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको जनाएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई रु. १११० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १३:२७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij