Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ आजबाट एकै साथ प्रदर्शन हुदै

चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ आजबाट एकै साथ प्रदर्शन हुदै


  • 2.4K
    Shares

    चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ आजबाट एकै साथ प्रदर्शन हुदै
    images

    काठमाडौँ । आज दुई नयाँ नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ एकसाथ प्रदर्शनमा आएको छ । फरक कथामा बनेको यी दुवै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

    ‘नीरफूल’ भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्षको कथा हो, भने ‘वेलकम टु हेम्जाकोट’ले बेरोजगार ४ युवाको कथा पेस गरेको छ । दुवै फिल्म राम्रो भएको र राम्रो व्यवसाय गर्ने दाबी निर्माण युनिटको छ ।

    ‘वेलकम टु हेम्जाकोट’चार बेरोजगारको कथामा कमेडी मिश्रण गरिएको चलचित्र हो ‘वेलकम टु हेम्जाकोट’ ।

    सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मि भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, स्व।जयनन्द लामा लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

    ‘नीरफूल’ फुलमान वलले निर्देशन गरेको चलचित्र हो । २०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीलगायतको अभिनय छ । फिल्मले भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष देखाएको छ ।

    धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छ । फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

    नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ ।

    सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिनेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १०:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij