Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नर्भिकले आगामी शनिबार निः शुल्क ओपिडी सञ्चालन गर्दै, ब्रेन ट्यूमरका केशहरुमा विशेष प्राथमिकता

नर्भिकले आगामी शनिबार निः शुल्क ओपिडी सञ्चालन गर्दै, ब्रेन ट्यूमरका केशहरुमा विशेष प्राथमिकता


  • 2.8K
    Shares

    नर्भिकले आगामी शनिबार निः शुल्क ओपिडी सञ्चालन गर्दै, ब्रेन ट्यूमरका केशहरुमा विशेष प्राथमिकता

    काठमाडौँ । वरिष्ठ स्नायू रोग विशेषज्ञ डा.राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । 

    नर्भिकमा पनि कार्यरत डा.झा नेतृत्वको टिमले आगामी शनिवार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी (न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो । 

    नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा.झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केशहरुमा फोकस रहेर बिरामीहरुको चेकजाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । 

    नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १२:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij