Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन र एस.ए.आर.एड्भाइजर्सको संयुक्त आयोजनामा ‘एनएफआरएस–९ तालिम’ सुरु

डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन र एस.ए.आर.एड्भाइजर्सको संयुक्त आयोजनामा ‘एनएफआरएस–९ तालिम’ सुरु


  • 1.6K
    Shares

    • images
    डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन र एस.ए.आर.एड्भाइजर्सको संयुक्त आयोजनामा ‘एनएफआरएस–९ तालिम’ सुरु
    images

    काठमाडौँ । डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपाल र एस.ए.आर. एड्भाइजर्सको संयुक्त आयोजनामा ‘एनएफआरएस–९ तालिम’ सुरु भएको छ । ई एण्ड वाई श्रीलंकाको सहयोगमा आयोजना गरिएको तीन दिने ‘एनएफआरएस–९ तालिम’ को उद्घाटन नेपाल राष्ट्र बैङ्क, वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक विष्रुत थापाले गरेका छन् । 

    डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा इन्ष्टच्यूट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष सुनिर ढुङ्गेल तथा डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालका पदाधिकारीहरूको समेत उपस्थिति थियो । 

    उक्त तालिम ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले दिइरहेका छन् । तीन दिनसम्म चल्ने उक्त तालिममा बिकास बैङ्कका वित्त, लेखापरिक्षण आदि विभागका कर्मचारीहरूको सहभागिता रहेको छ । कार्यक्रमको तेस्रो दिन बिकास बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई समेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

    नेपालका बैङ्क तथा वित्तीय संस्थामा एनएफआरएस लागु भइसकेको छ । एनएफआरएस–९ लागु हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेण्ट बैङ्कर्स एशोसिएसनले यस्तो अग्रसरता लिएको हो । 

    नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक थापाले डेभलपमेण्ट बैङ्कर्स एशोसिएसनले योजनाबद्धरूपमा आफ्ना सदस्य बैङ्कहरूलाई एनएफआरएस–९ को आवश्यक तयारी गर्न गराउनको लागि विशेष पहल गरेको देख्दा खुशी लागेको बताउदै नियमनकारी निकायको निर्देशनमा मात्र भर पर्नु भन्दा पनि यसरी आफैँ अग्रसर भइ कार्य गर्दा सबैलाई राम्रो हुने बताए । 

    इन्ष्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पुर्व अध्यक्ष ढुङ्गेलले कार्यक्रमको सफलताको शुभकामना दिँदै बिकास बैङ्कहरूका लागि आवश्यक पर्ने ज्ञान आदान प्रदान गर्न आफुहरू सदैव तत्पर रहेको बताए । 

    डेभलपमेण्ट बैङ्कर्स एशोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यस्का लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरू लगायतले जान्न र बुझ्नु पर्ने बिषय भएकाले सुझावका र आवश्यताका आधारमा थप कार्यक्रम गर्दै जाने बताए । 

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १०:३६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij