२०८२ माघ १० गते शनिवार
ललितपुरको जावलाखेल चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए। बा २ ख ३५७४ नम्बरको बसले प्र ३-०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको उनले बताए।
स्कुटर चालक अन्दाजी ३३र३४ वर्षीया महिला हुन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्।
दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको बज्राचार्यले बताइन्।
"लाइसेन्सहरू नभएको हुँदा भाग्न खोजेको जस्तो लाग्यो । उनको पर्सलगायत केही पनि सामान भेटिएको छैन। डकुमेन्टहरू नहुँदा भाग्न खोज्दा पछाडिबाट गाडीले हान्दियो,"उनले भनिन्।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij