Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अर्किड होल्डिङ्ग्सको हकप्रद शेयर खरीदका लागि म्याद थप, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

अर्किड होल्डिङ्ग्सको हकप्रद शेयर खरीदका लागि म्याद थप, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 2.1K
    Shares

    अर्किड होल्डिङ्ग्सको हकप्रद शेयर खरीदका लागि म्याद थप, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ । अर्किड होल्डिङ्ग्स लिमिटेडले ५३.६६ प्रतिशत हकप्रद शेयर विक्री गर्ने समय थप गरेको छ । यसअघि वैशाख चैत २६ देखि वैशाख ३० गतेसम्म कम्पनीले यो हकप्रद शेयर विक्री खुला गरेको थियो । 

    केही शेयरधनीहरूबाट शेयरबापतको रकम जम्मा गर्न म्याद थप गरिदिन माग भएकाले वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले म्याद थप गर्ने निणर्य गरेको हो । अब चैत १९ गतेसम्म कायम शेयरधनीहरूले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । 

    थपिएको अवधिभित्र समेत हकप्रद शेयरबापतको रकम जम्मा नभएमा खरीद हुन नसकेको हकप्रद शेयर जफत गरी अन्य कुनै प्रक्रियाबाट विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयरबापतको रकम लक्ष्मी बैंक लिमिटेड हात्तीसारमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले भनेको छ ।

     

     
     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १३:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij