Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

जाल्पा सामुदायिक लघुवित्तको १४औं वार्षिक साधारण सभा असार ४ गते, बुक क्लोज कहिले ?

जाल्पा सामुदायिक लघुवित्तको १४औं वार्षिक साधारण सभा असार ४ गते, बुक क्लोज कहिले ?


  • 1.9K
    Shares

    • images
    जाल्पा सामुदायिक लघुवित्तको १४औं वार्षिक साधारण सभा असार ४ गते, बुक क्लोज कहिले ?
    images

    काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ४ गते १४औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले बार्षिक साधारण सभाको मिति तथा स्थान तय गरेको हो । सभा द एसआर होटल तिलोत्तमा, रुपन्देहीमा बिहान ९ बजे सभा गर्ने कम्पनीले जनाएको छ । 

    सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई पारित गर्नेछ ।

    यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १६ करोडका आधारमा १४ दशमलव २५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पुर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गर्नेछ ।

    यस्तै, कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन पनि रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको आधारमा आज जेठ २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

     

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १२:१२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij