Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

वारपाकमा घरभित्र नै तीन जना मृत अवस्थामा फेला,के भन्छनन् गोरखाका एसपी गुरुङ ?

वारपाकमा घरभित्र नै तीन जना मृत अवस्थामा फेला,के भन्छनन् गोरखाका एसपी गुरुङ ?


  • 6.1K
    Shares

    वारपाकमा घरभित्र नै तीन जना मृत अवस्थामा फेला,के भन्छनन् गोरखाका एसपी गुरुङ ?

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

    बारापाक सुलिकोट गाउँपालिका–१ बारपाक स्थित धामी तोराङमा गएराती एउटै घरमा सुतेका १ पुरुष र २ महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

    मृतावस्थामा भेटिनेहरुमा ८४ बर्षका दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ बर्षकी आईतकुमारी गुरुङ र १३ बर्षिया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेको गुरुङले बताए । बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि संगैको छिमेकीले भित्र गएर हेर्दा तिनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    अहिले घटनास्थलमा बारपाक प्रहरी चौकीबाट प्रहरी पुगेको छ । इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मृत्तक सबैको मुखबाट फिँज बगिरहेको पाइएकाले बिषालु च्याउँ खाएका कारण मृत्यु भएको हुनसक्ने स्थानीयले आंशका गरेका छन् ।

     

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - ११:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij