२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको“आइएमई पे” ले हालै ‘सिसापिसि आईडी एसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ ।
आफ्नो स्थापना कालदेखि नै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पे ले केही समययता सिसाइन्फर मेसन सेक्युरिटी मार्फत पिसि आईडी एसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।
सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसै क्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसि आईडी एसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको छ । आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij