Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नविल बैङ्कको एकसाथ ३८ वटा शाखा सञ्चालनमा

नविल बैङ्कको एकसाथ ३८ वटा शाखा सञ्चालनमा


  • 2.2K
    Shares

    • images
    नविल बैङ्कको एकसाथ ३८ वटा शाखा सञ्चालनमा
    images

    काठमाडौँ । नविल बैङ्कले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैङ्क स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौँमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

    बैङ्कले नविल बैङ्क अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैङ्किङ सेवा प्रदान गर्न ७ प्रदेशमा शाखा बिस्तार गरिरहेको छ । कार्यक्रममा बैङ्कको अध्यक्ष उपेन्द्र पौडेलले नविल बैङ्कको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरू प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । 

    अध्यक्ष पौडेलले देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए ।  उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैङ्कहरूको शाखाहरू एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए । 

    अध्यक्ष पौडेलले डिजिटल प्रविधिको कारणले बैङ्कहरूको धेरै शाखा भए पनि कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताए । 

    सरकार र राष्ट्र बैङ्कले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने उनले बताए ।  अध्यक्ष पौडेलले अब बैङ्किङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए । 

    उनले अबको बैङ्किङ आफ्नो लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताए । अध्यक्ष पौडेलले बैङ्कका निक्षेपकर्ताहरूले आफूले बैङ्कमा राखेको पैसा के मा लगानी लगाईको छ भनेर जानकारी दिनु पर्ने बेला आएको बताए । बैङ्कले ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी वागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । 

    त्यस्तै, कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैङ्कका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ ।

     

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १३:२५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij