Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

ग्लोबल आइएमई र बिओके क्यापिटलको विशेष साधारण सभा असार ३ गते, के–के छन् प्रस्ताव ?

ग्लोबल आइएमई र बिओके क्यापिटलको विशेष साधारण सभा असार ३ गते, के–के छन् प्रस्ताव ?


  • 3.0K
    Shares

    • images
    ग्लोबल आइएमई र बिओके क्यापिटलको विशेष साधारण सभा असार ३ गते, के–के छन् प्रस्ताव ?
    images

    काठमाडौँ ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटलले विशेष साधारण सभा असार ३ गते गर्ने भएको छ । यी दुई क्यापिटलले एक आपसमा गाभ्ने गाभिने कार्यका लागि असार ३ गते विशेष साधारण सभा गर्ने भएका हुन् ।

    ग्लोबल आइएमई क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे र बिओके क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएका हुन् ।

    बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको ०.५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन् ।

    दुवै कम्पनीले सभामार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्यसमेत गर्नेछन् । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्ज भएपछि यी बैंकका सहायक कम्पनीको रुपमा रहेका यी दुई क्यापिटल पनि मर्ज हुन लागेका हुन् । 

    दुवै कम्पनीको साधारण सभामा गाभ्ने गाभिने सम्बन्धी संचालक समितिको निर्णय र यसको लागि हालसम्म भए गरेका कार्यको अनुमोदन गर्ने, स्वाप रेसियो पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछन् ।

    सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १३:०२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij