२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ र सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा दोस्रो वृहत साइकल -यालीआयोजना गर्ने भएको छ । जेठ २० गते (आगामी शनिवार) बिहान ७ बजे बैङ्कले ‘सांग्रिला साइकल -याली २०८०’ आयोजना गर्ने भएको हो ।
बिहान ७ बजेदेखि सांग्रिला बैङ्कको बालुवाटास्थित केन्द्रीय कार्यालय अगाडिबाट कार्यक्रमको सुरूवात हुनेछ । यालीले शहरका मुख्य भागको परिक्रमा गर्नेछ । करिब एक घण्टापछि सानो गौचरणको चौरमा गएर सो याली समाप्त हुने बैङ्कले जनाएको छ ।
बैङ्कले यस पटक डेभलपमेन्ट बैङ्ककोे छाता संस्था डेभलपमेन्ट बैङ्कर्स एशोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
सांग्रिला डेभलपमेन्ट बैङ्कले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकल -याली आयोजना गरेको थियो । यस साइकल -याली कार्यक्रमको लागि ह्वाइट फिचर्स कम्युनिसन, स्वायर एटिन, साइन प्रो, एक्जिम नेपाल प्रा.लि, एडभान टेक ट्रेड लिंक, आर.डी सप्लायर्स, वर्ड डिस्ट्रिव्युसन नेपाल प्रा.लि. क्यापिटल कन्सट्रक्सन प्रा.लि., नेपाल एयर कन्डिसिनिङ सर्भिस, राज ट्रेडिङ कन्र्सन संस्थाहरूको समेत सहयोग रहेको छ ।
अघिल्लो वर्षको -यालीमा बैङ्कका कर्मचारीहरू मात्र सहभागी थिए । तर, यस पटक भने विभिन्न क्षेत्रका ३०० बढी साइकल प्रेमीहरूको सहभागीता हुने बैङ्कको अपेक्षा छ ।
साइकल-यालीमा सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको साथै सहभागीहरू मध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार समेत दिइने बैङ्कका सूचना अधिकारी अपूर्व प्रशाद जोशीले जानकारी दिएका छन् । यस्तै, -यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा/एउटा बिरुवा उपहार दिइनेछ ।
साइकल -यालीमा सहभागीताका लागि बैङ्कले अनलाइनबाट रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij