Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते

गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते


  • 6.1K
    Shares

    गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते

    गोरखा । गोरखामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

    गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

    गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

    घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।

    यात्रु कुर्ने क्रममा बसलाई स्टार्टमै राखेर चालक ओर्लेको समयमा गाडी एक्कासी गुड्न पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १६:५७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij