Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते


  • 2.3K
    Shares

    मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते

    पृथ्वी राजमार्गअन्तर्गत  चितवनको  इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा  ३२ जना घाइते भएका  छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको  बस  आज  दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो।  

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।  
        
    तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा  ठोक्किएर  पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन  भएको छ। सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए।  

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - २१:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij