२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । आइएमई डिजिटल सोलुसनको आइएमई पे ले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने भएको छ।
सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक दिने भएको हो।
सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक जित्न सक्नेछन्।
क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने कम्पनीको भनाइ छ। यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुने कम्पनीले बताएको छ।
केही समयअघि आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यले सम्झौता भएको थियो।
सो सम्झौता पत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij