Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

भारतबाट आइपुग्यो १० लाख डोज कोरोना खोप

भारतबाट आइपुग्यो १० लाख डोज कोरोना खोप


  • 6.4K
    Shares

    भारतबाट आइपुग्यो १० लाख डोज कोरोना खोप

    काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । सरकारले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

    tttttt.jpg

    सोही २० लाख खोपमध्ये आइतबार दिउँसो १० लाख डोज खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता  डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

    सहप्रवक्ता अधिकारीका अनुसार आइतबार एयर इन्डिया दिल्ली काठमाडौंको उडानमार्फत् खोप नेपाल आइपुगेको हो ।

    उक्त खोप विमानस्थलबाट उक्त टेकुस्थित कोल्ड रुममा भण्डारण गर्ने र फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका देशभरका खोप केन्द्रहरुमा पुर्‍याउने तयारी गरिएको छ ।

    uyuyu.jpg

    यसअघि भारत सरकारले अनुदानमा १० लाख डोज कोरोना खोप दिएको थियो । उक्त खोप गत माघ ८ गते नेपाल आएको थियो । त्यसपछि माघ १४ गते बाट देशभर खोप अभियान सुरु गरिएको थियो । 

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १६:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij