२०८२ माघ १० गते शनिवार
काठमाडौं । आरुपोखरी समाजले यही फागुन ८ गते शनिबार ढुङ्गेधारा, वनस्थली स्थित विभुती स्कुलको हलमा आफ्नो १३ औं वार्षिक साधारण सभा अध्यक्ष राजेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेकोे छ ।

यस समाजले सुरेश खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नव निर्वाचित कार्य समितिमा अध्यक्ष सुरेश खनाल, उपाध्यक्ष कविता श्रेष्ठ, सचिव साधुराम ढकाल, कोषाध्यक्ष गगन बुढाथोकी, सह सचिव खेचरनाथ सापकोटा, सदस्यहरु विष्णु प्रसाद तिमल्सिना, युवराज अधिकारी, राज कुमार पराजुली, अनितराज बाँनियाँ, ध्रुव अधिकारी, प्रकाश न्यौपाने, लक्ष्मी दवाडी तिमिल्सिना, गोपाल प्रसाद खनाल, सुन्दर सुर्खेती, शैलेन्द्र खनाल रहनुभएको छ ।

यस समाजले गोरखा जिल्लाको आरुपोखरी स्थायी घर भई बिभिन्न पेशा, व्यवसाय तथा अध्यायनको लागि काठमाडौं बसोबास गर्ने व्यक्तिहरुलाई समेटी विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । समाजले आरुपोखरीमा एम्बुलेन्स सेवा सञ्चालन गरि सेवा प्रदान गरेको निवर्तमान अध्यक्ष राजेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij