Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि जनताका लागि खुला गरियो

पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि जनताका लागि खुला गरियो


  • 2.6K
    Shares

    पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि जनताका लागि  खुला  गरियो
    images

     पोखरा । पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।

    सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल निकारमा रहेको रत्नमन्दिर खुला गरेका हुन् ।

    रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि.सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

    गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।

    गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् ।

    आज पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ । मुख्य राजदरबारमा फोटो खिच्न बन्देज लगाइएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १०:४६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij