Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कलंकीमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु

कलंकीमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु


  • 2.4K
    Shares

    कलंकीमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु

    काठमाडौँ । ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका -१४ कलंकी चोकमा सुदूरपश्चिम प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा आइतबार दिउँसो स्कुटरमा सवार तनहुँ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १६:४०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij