Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

चेकविना बैङ्क तथा बित्तीय संस्थाबाट ३६ खर्ब ६५ अर्बबढी भुक्तानी, सबैभन्दा बढी आरटिजिएस प्रणालीबाट

चेकविना बैङ्क तथा बित्तीय संस्थाबाट ३६ खर्ब ६५ अर्बबढी भुक्तानी, सबैभन्दा बढी आरटिजिएस प्रणालीबाट


  • 2.0K
    Shares

    चेकविना बैङ्क तथा बित्तीय संस्थाबाट ३६ खर्ब ६५ अर्बबढी भुक्तानी, सबैभन्दा बढी आरटिजिएस प्रणालीबाट

    काठमाडौँ । फागुन मसान्तसम्म बैङ्क तथा बित्तीय संस्थाहरूबाट ३६ खर्ब ६५ अर्ब रुपैयाँ बढी भुक्तानी भएको छ । आइतबार संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढेको हो । 
     
    विद्युतीय भुक्तानी पूर्वाधारमा बढेको लगानी, यसका लागि गरिएको प्रोत्साहन र विद्युतीय उपकरणमा सर्वसाधारणको पहुँचका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढेको मन्त्री डा। महतले बताएका छन् । 

    सर्वेक्षणअनुसार फागुन मसान्तसम्म सबैभन्दा बढी २२ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) बाट भुक्तानी भएको देखिन्छ । 

    सरकारले २०७६ सालदेखि आरटिजिएस प्रणाली लागू गरेको थियो । आरटिजिएस यो ठुलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ । 

    फागुनसम्ममा एटीएमबाट ८१ अर्ब ७३ करोड रुपैयाँ, इसिसिबाट ४ खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ, आइपिएसबाट १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ, कनेक्ट आइपीएसबाट ३ खर्ब ४० अर्ब रुपैयाँ, डेबिट कार्डबाट ८५ अर्ब १४ करोड रुपैयाँ, क्रेडिट कार्डबाट १ अर्ब ४१ करोड रुपैयाँ, प्रिपेड कार्डबाट ३७ करोड रुपैयाँ, इन्टरनेट बैङ्किङमार्फत् १३ अर्ब ८६ करोड रुपैयाँ र मोबाइल बैङ्किङबाट १ खर्ब ९१ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भएको तथ्याङ्क छ । 

    त्यसैगरी, शाखारहित बैङ्किङबाट १ अर्ब ५२ करोड रुपैयाँ, वालेटबाट १८ अर्ब १६ करोड रुपैयाँ, क्यूआरमा आधारित २० अर्ब ७८ करोड रुपैयाँ, पिओएसबाट ४ अर्ब ७१ करोड रुपैयाँ र इ कमर्सबाट ४७ करोड रुपैयाँ कारोबार भएको छ ।

     

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १६:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij