Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका


  • 3.4K
    Shares

    घोराही सिमेन्टको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

    काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७ लाख ५४ हजार ६६१ कित्ता सेयर कम्पनीले विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरेको हो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री भने हुन सकेन । वैदेशिक रोजगारीमा रहेका नेपालीमा वितरण हुन नसकेको शेयर सर्वसाधारणमा थप गरेर विक्री गरिनेछ ।

    कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट iporesult.cdsc.com.np/ तथा बिक्री प्रबन्धकको बेवसाइट https://himalayancapital.com/ बाट हेर्ने सकिनेछ ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ०९:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij