२०८२ भाद्र २ गते सोमवार
मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट बसमा सवार यात्रुको दायाँ हात चुडिँदा मृत्यु भएको छ।
मनहरी– ९ रजैयास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकलेविपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार नाम र ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिँदा उनको दायाँ हात चुँडिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
बसको ड्राइभरको सिटभन्दा पछाडि बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनिट्रकले ती व्यक्तिको दाहिने हातको पाताभन्दा मुनिको भाग लाछेको र निधारमा समेत चोट लागेको प्रहरीले जानकारी दिएको छ।
घटनाको बारेमा थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षक भीमप्रसाद दुलालको टोलीले घाइते यात्रुको उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल पाठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटना गराउने ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको प्रवक्ता कार्कीले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij