Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जिपको ठक्करबाट एक शिक्षिकाको मृत्यु

जिपको ठक्करबाट एक शिक्षिकाको मृत्यु


  • 2.2K
    Shares

    जिपको ठक्करबाट एक शिक्षिकाको मृत्यु

    दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा  त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । 

    जिपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । 

    आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जिपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दंगीशरण  गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो । 

    शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन् । उनलाई  विद्यालयमा जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १५:३८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij