Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

युनिक नेपाल लघुवित्तको एफपीओमा आजबाट आवेदन खुल्यो, १६ गतेसम्म भर्न मिल्ने

युनिक नेपाल लघुवित्तको एफपीओमा आजबाट आवेदन खुल्यो, १६ गतेसम्म भर्न मिल्ने


  • 2.3K
    Shares

    • images
    युनिक नेपाल लघुवित्तको एफपीओमा आजबाट आवेदन खुल्यो, १६ गतेसम्म भर्न मिल्ने

    युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज जेठ ११ गते, बिहीबारदेखि  थप सार्वजनिक निष्कानस (एफपीओ) निष्काशन गरेको छ।

    लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर  एफपीओ मार्फत निष्काशन गरेको हो। 

    युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशनपछि संस्थाले एफपीओ निष्काशन गर्न लागेको हो।हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

    कहिलेसम्म दिने आवेदन ?

    निष्काशन बन्द छिटोमा जेठ १६ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २५ गतेसम्म लम्बिनेछ।

    कति दिने आवेदन ?

    न्यूनतम १० कित्ता देखि अधिकतममा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्

    कहाँबाट दिने आवेदन ?

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको अनलाईन सफ्वेयर ‘मेरो शेयर’ प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। 

    को हो बिक्री प्रबन्धक ?
    बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

    रेटिङ्ग 
    केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

     

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - ११:४८:४५ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij