Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड


  • 14.0K
    Shares

    प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

    प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरे। सिसहनिया–महदेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै उनले शिलालेख अनावरणसमेत गरेका थिए।

    पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको पाइएको छ। कसले र किन शिलालेख तोडफोड गर्‍यो भन्ने बारेमा आधिकारीक जानकारी छैन। ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी इन्चार्ज राजकुमार भट्टले शिलालेख तोडफोड गरेको बारेमा कुनै सूचना नआएको बताए।

    ‘हामीकहाँ त्यसबारेमा कुनै जानकारी आएको छैन,’ उनले भने, ‘कसैले यसबारेमा सूचना समेत दिएको छैन। यसबारेमा हामी बुझ्छौँ।’

    शिलालेखमा लेखिएको विवरणमा त्रुटी भएको विषयमा उद्घाटनको दिन महदेवा क्षेत्रका स्थानीयले सुझाव दिएका थिए। पुल महदेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनियाँ पुल लेखिएको भन्दै गुनासो आएको थियो।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुल शिलान्यास गरेका थिए। करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो।

    पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो। यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १३:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij