Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

संस्थागत विद्यालयलाई महानगरको निर्देशन: जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्नु

संस्थागत विद्यालयलाई महानगरको निर्देशन: जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्नु


  • 2.2K
    Shares

    संस्थागत विद्यालयलाई महानगरको निर्देशन:  जेठ १५ गतेसम्म विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसक्नु

    जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न काठमाडौँ महानगरले निजी विद्यालयहरूलाई निर्देशन दिएको छ ।

    महानगरले त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विवरण पेस गर्न भनेको हो ।

    निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न भनेको छ ।

    त्यसरी प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्न समेत महानगरले निर्देशन दिएको छ । भनेको छ ।

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - ११:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij