२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १ सय २५ रूपैयाँ क्यासब्याक पाउने भएका छन्।
आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५ं वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने भएका हुन् ।
उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६ सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij