Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीन कम्पनीको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा, कम्पनी कुन–कुन ?

तीन कम्पनीको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा, कम्पनी कुन–कुन ?


  • 3.7K
    Shares

    • images
    तीन कम्पनीको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा,  कम्पनी कुन–कुन ?

    काठमाडौँ । तीन कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातमा बोनश शेयर पठाएका छन् । सबैको लघुवित्त वित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले सम्बन्धीत शेयरधनीको हितग्राही खातामा बोनस शेयर पठाएका हुन ।

    यी तीन ओटै कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत भएपछि सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।

    सबैको लघुवित्त वित्तीयले गत फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ प्रतिशत बोनस शेयर कम्पनीले गत फागुन १२ गते सम्म कायम शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको हो ।

    त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले गत पुस २७ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर र सांग्रिला डेभलपमेन्ट बैंकले गत चैत १७ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

    हालसम्म पनि यी तीन कम्पनीका शेयरधनीले शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्रै हितग्राही खातामा बोनस शेयर जम्मा हुनेछ ।

    सबैको लघुवित्त र सग्रिला डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रुहेको छ । त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

     

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १६:३१:०६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij