Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जनमत पार्टीको सिके राउतले बोलाए केन्द्रीय समितिको बैठक

जनमत पार्टीको सिके राउतले बोलाए केन्द्रीय समितिको बैठक


  • 1.9K
    Shares

    जनमत पार्टीको  सिके राउतले बोलाए केन्द्रीय समितिको बैठक

    काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि जेठ १२ गतेका लागि सो बैठक बोलाइएको हो ।

    जनमत पार्टीका सचिव अनिता साहले पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि बैठक बोलाएको बताइन् ।

    जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाई सकेको छ । तर सरकारलाई दिएको समर्थन कायमै राखेको छ । केन्द्रमा मन्त्रालय बाँडफाँड भइसकेका हुनाले अब सरकारमा जाने सम्भावना देखिएको छैन ।

    उता, मधेस प्रदेश सरकारमा पनि त्यहाँका जसपाका मुख्यमन्त्री सरोज यादवले जनमतलाई दिएको कृषि मन्त्रालय खोसेर विना विभागीय बनाएका छन् । मधेस सरकारमा जनमत पार्टीले दुईवटा मन्त्रालय पाएको थियो । हिजो मात्रै जनमत पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ ।

    यी सबै विषयवस्तुको विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ । 

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - ११:५२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij