२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–७, पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगत रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा आज बिहान रेडक्रस अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल आइतबार राति साढे ११ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij