Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता


  • 3.4K
    Shares

    उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

    जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

    जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए। गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।

    बारा क्षेत्र नं २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो। रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि जसपा संसदीय दलको नेता कोही बनेका थिएनन्।

    प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १५:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij