Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु


  • 3.3K
    Shares

    खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु

    काठमाडौं । खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो ।

    विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्र्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो ।

    ट्र्याक्टर चढ्न खोज्दा उनी खसेका थिए। खसेपछि ट्र्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

    प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १२:१७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij