२०८२ भाद्र ६ गते शुक्रवार
बझाङ । यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएका २ किशोरीको शव फेला परेको छ।
आइतबार माथिबाट आएको हिमपहिरोमा परी जयपृथ्वी नगरपालिका—११ घर भएकी १७ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएकी थिए।
आइतबार बिहान हिमपहिरोमा बेपत्ता भएका उनीहरुको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।
सुर्मा गाउँपालिकाको धानसेरा भन्ने लेकमा गएको हिमपहिरोमा परी सोही गाउँपालिका—३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो।
यस्तै घटनामा ४१ वर्षीय उनका श्रीमान बाबजी बोहरा र जयपृथ्वी नगरपालिका— ११ घर भएका १५ वर्षीय आकाश धामी घाइते भएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij