Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२९ वर्षीया बंगाली अभिनेत्री सुचन्द्राको मोटरसाइकल दुर्घटनामा मृत्यु

२९ वर्षीया बंगाली अभिनेत्री सुचन्द्राको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • 2.6K
    Shares

    २९ वर्षीया बंगाली अभिनेत्री सुचन्द्राको मोटरसाइकल दुर्घटनामा मृत्यु

    बङ्गाली टिभी उद्योगकी चर्चित अभिनेत्री सुचन्द्रादास गुप्ताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

    शनिबार राति शुटिङबाट घर फर्किने क्रममा उनको दुर्घटना भएको हो। उनले शुटिङबाट घर फर्किनका लागि राइड शेयरिङ एपमार्फत मोटरसाइकल बोलाएकी थिइन्। बाटोमा साइकल चालकले अचानक बाटो काटेपछि मोटरसाइकल चालकले ब्रेक लगाउँदा दुर्घटना भएको हो।

    मोटरसाइकललाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलबाट झरेकी २९ वर्षीया सुचन्द्रालाई ट्रकले किचेपछि घटनास्थलमै मृत्यु भएको हो।

    घटना भएको केही समयपछि घटनास्थल पुगेको बारानगर प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ। सुचन्द्रा बङ्गाली टिभी उद्योगकी चर्चित नायिका हुन्। उनले थुप्रै  बङ्गाली टेलिभिजन शोमा काम गरेकी छिन्।

     

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १०:२७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij