२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त र इन्फिनिटी लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो ।
एनएलजी इन्स्योरेन्सको १० प्रतिशत दरका कुल १३ लाख २६ हजार ६१४ कित्ता, लक्ष्मी लघु्वित्तको १५ प्रतिशत दरका कुल ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको २० प्रतिशत दरका कुल ८ लाख २९ हजार २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij