Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ढुङ्गाले लागेर दार्चुलामा यार्सागुम्बा सङ्कलकको मृत्यु

ढुङ्गाले लागेर दार्चुलामा यार्सागुम्बा सङ्कलकको मृत्यु


  • 2.0K
    Shares

    ढुङ्गाले लागेर दार्चुलामा यार्सागुम्बा सङ्कलकको मृत्यु

    दार्चुला । दार्चुलामा व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् । 

    यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले उनको टाउकोमा चोट लागेको थियो । ऐतवालको घटनास्थलमै मृत्यु भएको उनले बताए । 

    सीतापुल प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घाइते पुष्कर ऐतवालको उद्धार गरेको छ । सामान्य चोट लागेका उनको घरमै प्राथमिक उपचार भइरहेको चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए । 

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १०:०२:३३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij