Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जापानमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

जापानमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु


  • 2.8K
    Shares

    जापानमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौं। जापानमा बस दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा नेपालबाट पढ्न गएका दुई विद्यार्थीको दुर्घटनामापरि मृत्यु भएको हो।

    जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेको लागि हिडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो। बसमा खराबी आएपछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा ठिक गराउन रोडमा रोकिएको थियो तर पछाडिबाट अचानक ट्रक आएर ठक्कर दिँदा सो बस एक सय मिटर अगाडि उछिट्एको थियो।

    उक्त बसमा चालक दलसहित ४० जना सवार रहेको जापानी मिडियाले जनाएको छ। जापानी मिडिया अनुसार थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गााक्कोउमा अध्ययनरत रहेको थिए।

     

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - १५:०१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij