२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ। जीतपुर सिमरा उपमहानगरका एक सरकारी कर्मचारीले कार्यकक्षमै सेवाग्राहीसँग कमिसन मागेको खुलेको छ ।
उपमहानगरपालिकाको सामाजिक विकास शाखामा कार्यरत कर्मचारी हरि किशोर साहले सेवाग्राहीसँग घुस रकम मागेको उजुरी परेको मेयर राजन पौडेलले बताए । सेवाग्राहीले उजुरी दिएपछि आवश्यक छानबिन र कारवाहीका लागी प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको मेयर पौडेलले बताए ।
उनले प्रशासनसँग भने, ‘सेवाग्राहीसँग कमिसन मागेको भन्ने कम्प्लेन म कहाँ आएको थियो, मैले सल्लाह गरेर छानबिन र कारवाहीका लागी अधिकृतलाई पत्र पठाइसकेको छु ।’ यता प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आवश्यक छानबिन अगाडी बढेको बताए । यो प्रकरणमा सुरुमा केही अनभिज्ञता जस्तो देखीएपनि आफूकहाँ पत्र पुगेको र कारवाहीका लागी प्रक्रिया अगाडी बढेको बताए । उनले भने, ‘पत्र पुगेको छ, हामी छानबिन गर्दै छौ, कमिसन मागेको पुष्टि भयो भने त कानून बमोजिम कारबाही भइहाल्छ ।’
एक जना सेवाग्राहीले विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि किशोरी शिक्षा र माध्यमिक तथा प्रावि तहका शिक्षकहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्न उपमहानगरसँग सम्झौता गर्ने क्रममा कर्मचारी साहले आफूसँग घुस रकम मागेको दाबी गरेकी हुन् ।
एक कर्मचारीका अनुसार साहलाई वडा कार्यकालमा पठाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij