२०८२ भाद्र २ गते सोमवार
गोरखा — गण्डकी गाउँपालिका–६ घौचुरमा आइतबार राति भएको जिप दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते बनेकी गण्डकी गाउँपालिका–६ की ७८ वर्षीय किरमाया आलेको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट घौचुरतर्फ आउँदै गरेको बा ०१–०२५ च। ६२०४ नम्बरको जिप सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
दुर्घटनामा घौचुरका ७७ वर्षीय कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीय गंगामाया थापा घाइते भएका छन् । घाइतेहरुको चितवनस्थित मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको लामिछानेले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij