२०८२ भाद्र २ गते सोमवार
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले आगामी शुक्रवार नयाँ बानेश्वर पुगेर संसद बैठकलाई सम्बोधन गर्नुहुनेछ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पौडेल जेठ ५ गते संसद भवन जाने मिति प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले तय गरेको हो ।
फागुनको अन्तिम साता राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पटक पटक बिरामी भईरहेकाले । पछिल्लो पटक वैशाख पहिलो साता भारतको नयाँ दिल्लीमा उपचार गराएर स्वदेश फर्किएका हुन् । स्वास्थ्यलाभ गर्दै शीतल निवासमा बस्दै आएका पौडेल झण्डै डेढ महिनापछि सार्वजनिक कार्यक्रममा सामेल हुन लागेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij