Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पक्राउ पर्दा रक्सी खाएर झुमिरहेका थिए टोपबहादुर रायमाझी

पक्राउ पर्दा रक्सी खाएर झुमिरहेका थिए टोपबहादुर रायमाझी


  • 2.5K
    Shares

    पक्राउ पर्दा रक्सी खाएर झुमिरहेका थिए टोपबहादुर रायमाझी

    ११ दिनदेखि फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई नेपाल प्रहरीको विशेष ब्यूरोले आइतबार बेलुका पक्राउ गर्‍यो।

    अर्घाखाँचीकै एक कार्यकर्ताको बुढानीलकण्ठस्थित घरमा उनी लुकेर बसेका थिए। प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झुम्मिएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिए। विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै स्वास्थ्य जाँचका लागि कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो। 

    परीक्षणपछि रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिएका छन्। तर प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बतताएको छ। यसअघि फरार रहँदा उनले संसद्‌लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए।

    स्वास्थ्य जाँचपछि रायमाझीलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो। उनलाई त्यहाँको हिरासतमा राखिएको छ।

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - ०८:४७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij