Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

संसदको हिउँदे अधिवेशन बोलाउन हामी तयार छौं : सभामुख सापकोटा

संसदको हिउँदे अधिवेशन बोलाउन हामी तयार छौं : सभामुख सापकोटा


  • 7.0K
    Shares

    संसदको हिउँदे अधिवेशन बोलाउन हामी तयार छौं : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताएका छन् ।

    सोमबार संघीय संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले कोरोना भाइरसको महामारीका बेला विभिन्न विकल्पसहित संसद चलाउन तयारी अवस्थामा रहेको बताए ।

    सभामुख सापकोटाले भने, ‘सकेसम्म चाँडो संसद अघिवेशन राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरुसहित एक, दुई, तीन गरेर तयारी गरिएको छ ।’ सभामुख सापकोटाले हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशमाथि पनि छलफल हुने बताए ।

    सञ्चाकर्मीको प्रश्नको जवाफ दिने क्रममा सभामुख सापकोटाले संसदको हिउँदे अधिवेशन बोलाउनका लागि सरकारसँग समेत छलफल भइरहेको बताए । ‘हामी तयारी अवस्थामा छौं, सरकारसँग पनि कुरा चलिरहेको छ,’ सभामुख सापकोटाले भने ।

     

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १४:४४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij