Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राप्रपा केन्द्रीय समिति बैठक जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने

राप्रपा केन्द्रीय समिति बैठक जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने


  • 2.1K
    Shares

    राप्रपा केन्द्रीय समिति बैठक जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने भएको छ ।

    बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्य योजना पेश गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    बैठकमा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

    प्रतिवेदनहरुमाथि खुला छलफल हुने र केन्द्रीय सदस्यहरुले धारणा राखेपछि पार्टीले निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

     

     

    प्रकाशित मिति :बैशाख २८ २०८० बिहिवार - १६:१५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij