Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बैंकको ब्याजदर घट्दै: ऋणको ब्याजदर हरेक महिना परिवर्तन गर्न पाउने

बैंकको ब्याजदर घट्दै: ऋणको ब्याजदर हरेक महिना परिवर्तन गर्न पाउने


  • 3.6K
    Shares

    बैंकको ब्याजदर घट्दै: ऋणको ब्याजदर हरेक महिना परिवर्तन गर्न पाउने

    बैंकहरूले अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ संशोधन/परिमार्जन/थप गरी सो व्यवस्था गरेको छ। 

    'कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ,' राष्ट्र बैंकको निर्देशनमा भनिएको छ। यसअघि त्रैमासिक रूपमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो।

    पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने सकिने उल्लेख गरिएको छ। 

    राष्ट्र बैंकको निर्देशनअनुसार फागुन, चैत र वैशाख महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार कर्जाको ब्याजदर पनि परिवर्तन गर्नुपर्ने भएको छ।  त्यस्तै बैंकहरूले आधार दर गणना गर्दा मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

    यस्तै यसअघि कर्जाको आधार दरभन्दा कम ब्याजदर कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरिएकोमा अब भने पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम गर्न नपाइने व्यवस्था गरिएको छ।

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - १९:३१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij