Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सिद्धार्थ बैंकले ल्यायो नौलो बचत योजना ‘पे एण्ड सेभ’ खाता

सिद्धार्थ बैंकले ल्यायो नौलो बचत योजना ‘पे एण्ड सेभ’ खाता


  • 1.7K
    Shares

    • images
    सिद्धार्थ बैंकले ल्यायो नौलो बचत योजना ‘पे एण्ड सेभ’ खाता
    images

    काठमाडौँ । सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै ‘पे एण्ड सेभ’ खाता संचालनमा ल्याएको छ । बैंकका अनुसार शून्य मौज्दातमै खाता खोल्न सकिनेछ । यो खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत १ सय रुपैयाँभन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भइ बालबालिकाको खातामा स्वतः जम्मा हुने बैंकले जनाएको छ ।

    एक विज्ञप्ति जारी गर्दै बैंकले भनेको छ ‘डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि नि:शुल्क डेबिट कार्ड र बैंकस्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ ।’

    बैंकका अनुसार यो खाता खोली यथाशीघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ । ‘क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पीओएस वा अनलाइनबाट न्यूनतम १ हजार रुपैयाँको कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत वा अधिकतम १ सय रुपैयाँ क्यासब्याक पाउनेछन्’ बैंकले भनेको छ ‘यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ ।’

    यस खाताले अभिभावकलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स–सानो बचत गरी आफ्ना बालबालिकाहरुको लागि केही रकम बचत गर्न सहयोग पुग्ने बैंकको भनाइ छ । बैंकका देशभर संचालनमा रहेका १९५ शाखा कार्यालयहरुबाट यो बचत खाता खोल्न सकिने छ ।

     

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - १२:०९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij