२०८२ भाद्र १ गते आइतवार
गोरखाको पालुङटार नगरपालिकाले आजदेखी श्रम स्वीकृती प्रदान गर्न सुरु गरेको छ। नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत नगर प्रमुख बिबस चिन्तन र उप प्रमुख बन्दना पाण्डेले स्थानीयबासी मुस्ताव मियालाई व्यक्तिगत श्रम स्वीकृति हस्तान्तरण गरिएको छ ।
बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित् भरपर्दो, पारदर्शी तथा सहज बनाउन साथै सेवाग्राहीलाई आफ्नो स्थानीय तहबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप पालुङटार नगरपालिका, रोजगार सेवा केन्द्र बाट व्यक्तिगत श्रम स्वीकृति र पुन श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुरुवात गरेको नगर प्रमुख चिन्तनले जानकारी दिए
स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति पाउनु भएका मियाले स्थानीय तहबाट श्रम स्वीकृति पाउदा खुशी लागेको बताए । पालुङटार नगरपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक कल्पना केसीले व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्न सहजीकरण गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij